Aamsanchar

रक्सी पिउदा ज्यानै गयो

Author Image
सोमवार, साउन १७, २०७३

बिर्तामोड ।
अत्यधिक मदिरा सेवनका कारण आज झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका – २ नगरडुब्बा निवासी ४६ वर्षीय अविनास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गुरुङले विहानैबाट रक्सी सेवान गरेको र आज अपरान्ह सडक पेटीमा लडेपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताइएको छ ।

स्थानीयको सूचना लगत्तै प्रहरीले गुरुङको उद्धारका लागि घटनास्थल पुगेपनि उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कर्इालय झापाका प्रहरी नायव उपरीक्षक हरि शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर