Aamsanchar

केटीको निहुमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु

Author Image
सोमवार, साउन १७, २०७३

झापा ।
युवतीको विषयलाई लिएर राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीय सुशान्त श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार ग्यनङ फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल रहेका छन् ।

प्रहरीले अन्य ८ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर