Aamsanchar

पेस्तोलसहित चार पक्राउ

Author Image
सोमवार, साउन १७, २०७३

रौतहटः

Pestol

रौतहट जिल्लाको सरमजुवा ८ बंकुल बजारबाट साउन १६ गते एपीएफ टोलीले दुई वटा पेस्तोल र एउटा म्याग्जिनसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको रामपुरखाप ९ बस्ने ३३ वर्षिय कमलेशप्रसाद पटेल, ३२ वर्षिय राकेश पटेल तथा सोही जिल्लाको रामपुरखाप ८ बस्ने २६ वर्षिय राकेश कुमार सिंह र सर्विन्द्र पटेल रहेका छन् ।

मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैया बारा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सरमजुवा रौतहटबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा निजहरुको साथबाट ९ मिमि ब्राउनिङ्ग पस्तोल १ थान र सो को म्याग्जिन एक वटा तथा एउटा सिक्सर पेस्तोल फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर