Aamsanchar

बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग

Author Image
मङ्गलवार, साउन १८, २०७३

प्यूठान ।

bandar-monkey

प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् ।

ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका छन् ।

उनले अवस्थाको निरिक्षण गरी राहत दिन माग गरेका छन् । पोखरेलले बाँदरको आक्रमले मकै पूर्ण रुपमा नष्ट गरेको र घर भित्र रहेको अनाज समेत नष्ट गरेको निवेदनमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर