Aamsanchar

सहकारीमध्ये सिर्जनशीलले गऱ्यो वर्षकै पहिलो साधरणसभा

Author Image
मङ्गलवार, साउन १८, २०७३

ganesh dhakal & bhupal rai
बिर्तामोड ।
नयाा आर्थिक बर्ष शुरु भएसागै सहकारी संस्थाहरुको साधारणसभा शुरु भएको छ ।
यस आर्थिक बर्षमा जिल्लामै पहिलोपटक बिर्तामोड–१स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सोमवार साधारणसभा सम्पन्न गरेको छ । संस्थाको ११औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले सृजनशीलको साधारणसभा बर्षकै पहिलो भएको बताए । उनले हरेक सदस्यले आफ्नो भूमिका र जिम्मेवारी वहन गरी संस्थाको समुन्नतिका लागि लाग्नुपर्नेमा जोड दिए । संस्थालाई शेयरपूाजी र सक्रिय सदस्य बढाएर कारोबार बढाउन उनको सुझाव थियो । सबै क्षेत्रमा सहकारी काम गर्ने/गर्न पाउने गरी ऐन बन्नु पर्नेमा उनको जोड थियो ।

ghanashyam & bhupal rai 3कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले सृजनशील सहकारी जिल्लाका सहकारीहरु मध्ये चालू बर्षमा साधारणसभा गर्ने प्रथम सहकारी भएको बताए । उनले संस्थाका सदस्यहरुलाई नियमित बचत बढाउन सुझाव दिए । सहकारीले सरकारलाई २० प्रतिशत कर तिरिरहेको तर सरकारले सहकारी प्रति हेर्ने दृष्टिकोण अझै पनि सही नभएको अधिकारीले बताए ।
सहकारीको माध्यमबाट आर्थिक उन्नति गर्न सकिने धारणा राख्दै उनले हाल सदस्यहरुलाई १५ प्रतिशतभन्दा बढी मुनाफा बााड्न नमिल्ने बाध्यात्मक नियमको परिवर्तन जरुरी रहेको बताए । संस्थाका अध्यक्ष भूपालबहादुर राईले सञ्चालक समितिको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल एक करोड नौ लाख ९६ हजार ४ सय रुपैयाा शेयर पूाजी रहेको संस्थामा अबको बर्ष सो पूाजी बृद्धि गरी एक करोड २२ लाख ५४ हजार ४ सय पुर्‍याउने लक्ष्य सहितको प्रतिवेदन सार्वजनिक गरे ।

yekraj & bhupal rai 1संस्थाको जगेडा कोष १३ लाख ४० हजार ४८ हजार रुपैयाा रहेको, संस्थाको नगद तथा बैंकमा रहेको तरलता रकम ४३ लाख २८ हजार नौ सय ८१ रुपैयाा रहेको अध्यक्ष राईले जानकारी गराए । संस्थामा हाल १ करोड ८३ लाख ५१ हजार ३ सय ५५ रुपैयाा निक्षेप बााकी रहेको र चालू बर्ष बचत बृद्धि गरी निक्षेप रकम २ करोड ४४ लाख १ हजार तीन सय ५५ रुपैयाा पुर्‍याउने लक्ष्य राखिएको सो अवसरमा जानकारी गराइयो ।
संस्थाले दुई करोड ४५ लाख ९४ हजार ९ सय ५७ रुपैयाा ऋण लगानी गरेको जानकारी गराउादै राईले चालू बर्ष सो ऋणमा बृद्धि गरी ३ करोड १८ लाख दुई हजार नौ सय ५७ रुपैयाा पुर्‍याउने लक्ष्य रहेको बताए । अध्यक्ष राईले सृजनशील सामुहिक बचत तथा लगानी योजना प्रभावकारी बनाइने, कार्यक्षेत्र विस्तार गर्ने, नयाा नीति अनुसार ऋण लगानी र असुली गरिने लगायतको योजना समेत सार्वजनिक गरे । सृजनशील सहकारीले युवा तथा साना व्यावसायी स्वरोजकार कोषमा ५० लाख रुपैयाा जम्मा गरी वेरोजगार युवालाई स्वरोजगार बनाउन प्रयत्न गरिने बताए ।

suresh dhakal & bhupal rai4
उक्त अवसरमा उत्कृष्ट बचत कर्ताको रुपमा मानो रजक, रञ्जिता साह र दीपक साह तथा उत्कृष्ट ऋणीको रुपमा रामबली साह, मेघराज विक र पूर्णप्रसाद अधिकारीलाई नगदसहित सम्मान प्रदान गरियो ।
त्यस्तै उत्कृष्ट क्रमिक बचत कर्ताको रुपमा यामनाथ खरेल, भीमराज लिम्बू र नितेश मादेन, उत्कृष्ट कर्मचारीको रुपमा सुवास खतिवडा र ज्येष्ठ शेयर सदस्यको रुपमा विष्णुकुमार शर्मा कट्टेललाई सम्मान गरिएको थियो । २०७२ सालको प्रवेशिका परीक्षामा शेयर सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट आरोग्य दाहाल र पलक अग्रवाललाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोडका नितेष बानियाा, साना मझौला बचत तथा ऋण सहकारीकी अध्यक्ष देविका बस्नेत, सतासी बहुउद्देश्यीय सहकारीका रुद्रमणि श्रेष्ठ, अरनिको सहकारीका तुलसीप्रसाद भट्टराई र लक्ष्मी बहुउद्देश्यीय सहकारीका अध्यक्ष चन्द्रकुमार राजभण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

tara dhakal 5 कार्यक्रममा संस्थाका सदस्य सुमन शर्मा जमरकट्टेलले स्वागत र व्यवस्थापक तारा निरौला ढकालले सञ्चालन गरेकी थिइन् । उक्त अवसरमा सजिलो सहकारी अध्यक्ष सुरेश ढकाल, ग्लोबल कृषि सहकारीका तोयानाथ दाहाल लगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर