Aamsanchar

फिदिममा एकीकृत कर प्रणाली लागू

Author Image
मङ्गलवार, साउन १८, २०७३

fidim

पाँचथर।

फिदिम नगरपालिकाले आव २०७३÷७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ ।

नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै उठाउँदै आएको थियो । अब सम्पूर्ण कर एउटै रसिदमार्फत वार्षिक रुपमा लिइने नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताउनुभयो ।

नगरपालिकाको सर्वदलीय राजनीतिक संयन्त्र बसेर निर्धारण गरेको न्यूनतम मापदण्डअनुसारको रकम कार्यालयमा गएर तिर्ने व्यवस्था गरिएको छ । कार्यालयले यस आवको सुरुको चार महिनामा कर तिर्ने ग्राहकलाई १० प्रतिशतले छुट दिने योजनासमेत ल्याएको छ । एकीकृत कर प्रणाली लागू गरेको सत्रौँ दिनसम्ममा नगरपालिकाले रु तीन लाख कर सङ्कलन गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर