Aamsanchar

गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन

Author Image
मङ्गलवार, साउन १८, २०७३

rasuwa

धुन्चे (रसुवा) ।

दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता क्रमशः जनकजीवन उपाध्याय र माधव अर्यालमाथि यही साउन १५ गते कुटपिट भई विवाद उत्पन्न भएपछि गाउँपालिकाको सीमाङ्कनसम्बन्धी सबै कार्य स्थगन गरिएको हो ।

साउन १६ र १७ गते तनावग्रस्त धुन्चे बजार आज अपराह्नदेखि केही शान्त भएको छ । बन्द यातायातसमेत फाटफुट रुपमा चलेको यातायात व्यवसायीले बताएका छन् ।

नयाँ सीमाङ्कनमा गाउँपालिका धुन्चेमा कायम गर्नुपर्ने स्थानीय माग रहेको र कसैमाथि व्यक्तिगत रिसइबी नभएको आन्दोलनका पक्षधरले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर