Aamsanchar

पुनःसंरचना खाका तयार गर्ने काम सुरु

Author Image
बुधवार, साउन १९, २०७३

खोटाङ ।

seven-state-600x0-800x500_c

जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका विषयमा सबैको साझा बुझाइ तथा धारणा सिर्जनाका लागि जिल्लास्तरीय गोष्ठी आयोजना गरेर काम सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

स्थानीय तहको पुनःसंरचनाको विषयमा राय÷सुझाव सङ्कलन, खाका निर्माण र निर्माण गरिएका खाकालाई अन्तिम रुप दिनका लागि सोमबार उच्चस्तरीय समन्वय तथा सहजीकरण समूह, स्थानीय तहको खाका निर्माण समूह र स्थानीयस्तरको परामर्श सङ्कलन समूह गठन गरिएको छ ।

जिल्लामा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ । स्थानीय तहको खाका निर्माण समूहले मङ्गलबारदेखि साउन २३ गतेसम्ममा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम सुरु गरेको छ ।

स्थानीयस्तरको परामर्श सङ्कलन समूहले जिल्लाका १० ठाउँमा पुगेर गाउँपालिका र नगरपालिका निर्माणको विषयमा राय तथा सुझाव सङ्कलन गरेर ल्याउनेछन् । प्राप्त सुझावका आधारमा स्थानीय तहको खाका निर्माण समूहले तयार पारेको खाका र स्थानीयस्तरको परामर्श सङ्कलन समूहले सङ्कलन गरेर ल्याएको सुझावका आधारमा पुनः साउन २४ गते उच्चस्तरीय समन्वय तथा सहजीकरण समूहसहितको टोली बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुङ्गो लगाइने पाण्डेले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर