Aamsanchar

सुरुङ्गा – कालिस्थान कालोपत्रे बाटो उद्घाटन

Author Image
बुधवार, साउन १९, २०७३

बिर्तामोड ।
कनकाई नगरपालिकास्थित सुरुङ्गा बजारबाट उत्तर सुरुङ्गा चोकदेखि कालिस्थानसम्म जाने २ सय ५२ मिटर पिच बाटोको उद्घाटन भएको छ ।
मंगलबार झापाका जिल्ला विकास अधिकारी खेमराज ओझाले उक्त बाटोको उद्घाटन गरेका हुन् ।
बाटो उद्घाटन गर्दै प्रमुख अतिसमेत रहेका जिल्ला विकास अधिकारी ओझाले गाउा, शहर निर्माण र विकासका लागि जिल्ला विकासले साधै सहयोग गर्ने बताए । उक्त बाटो जिल्ला विकास समिति र स्थानीय उपभोक्ताको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
बाटो निर्माण गर्न जिल्ला विकास समितिको सात लाख र उपभोक्ता समितिको एक लाख ७५ हजारमा सम्पन्न हुने भनिएतापनि उक्त रकम अपुग हुादा पुन: उपभोक्ताबाट चार लाख ७९ हजार थप खर्च भएको सडक निर्माण उपभोक्ता समितिका सचिव भीम भट्टराईले जानकारी दिए ।
त्यसैगरी सुरुङ्गादेखि शरणामती, टाघनडुब्बा, कुमरखोद हुादै ग्राभेल बाटो निर्माण भइरहेको र उक्त बाटोको निरीक्षण समेत भएको थियो ।
यता लक्ष्मीपुरबाट घैलाडुब्बा जाने सडकखण्डको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नेपाली कांग्रेसका देउमान थेवे, राजेन्द्र पोखरेल समेत सहभागी थिए । सडक निर्माण समितिका अध्यक्ष राजेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर