Aamsanchar

७ बर्षिया बालिकाको पथरीको सफल शल्यक्रिया

Author Image
बुधवार, साउन १९, २०७३

झापा।

spainal-ot-4

झापाको विर्तामोड स्थित वि एण्ड सी हस्पिटलले एक सात बर्षिया बालिकाको मृगौलाको पथरीको सफल शल्यक्रिया गरेको छ । लाखौं बालबालिकामा एकमा मात्र यस्तो समस्या हुने गरेको शल्यक्रियामा सहभागि डा. अनिल ढुङ्गानाले जानकारी दिएका छन् ।

युरो लोजिस्ट डा अमित शाह र युरो सर्जन डा. अनिल ढुङ्गानाको टोलीले बालिकाको मिनि पिसिएनएल प्रविधिबाट सफल सल्यक्रिया गरेको बताइएको छ । धनकुटाको कुढुले तेनुपा–६ घरभएकी ७ वर्षिया शुलोचना लिम्बुको मृगौलाबाट १२ एमएमको एउटा र ७ एमएमका दुई वटा ढुङगा निकालिएको डाक्टर ढुङ्गानाले जानकारी दिए ।

मिनि पिसिएनएल प्रविधि मेची र कोशी अञ्चलका कुनै पनि हस्पिटलमा नभएको तर वि एण्ड सी हस्पिटलमा मात्र रहेको अस्पतालले जनाएको छ । धनकुटाको जानकी प्राविमा कक्षा ४ मा अध्ययनरत शुलोचनाले आफुलाई डाक्टरहरुले निको बनाएको भन्दै खुशी ब्यक्त गरिन् ।

यसैबीच उनका बुबा भीमबहादुर लावतीले आफुले छोरीलाई धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको र त्यहाँ सम्भव नभएपछि वि एण्ड सी हस्पिटल ल्याएको बताएका छन् । उनले छोरीको सफल उपचार गरेको भन्दै डाक्टरहरुलाई धन्यवाद दिएका थिए । बालिकालाई आजै डिस्चार्ज गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर