Aamsanchar

आन्द्रामा प्वाल:८० हजारमा डिस्चार्ज,७० हजार हस्पिटलले व्यहोऱ्यो

Author Image
बुधवार, साउन १९, २०७३

13906882_10210324681135760_1827654918580149795_n

बिर्तामोड ।
आन्द्रामा प्वाल परेर विरामी भएका एक युवाको सफल सल्यक्रिया पश्चात खर्चको अभावमा लामो समय सम्म पनि अस्पतालबाट डिस्चार्ज हुन नसकेका उनको बुधबार दलित समन्वय समिति बिर्तामोडको पहलमा अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी २२ वर्षिय देवराज परियारलाई रातको समयमा पेटमा अत्यन्तै पिडा भएपछि स्थानीयले दिएको सूचनाको आधारमा दलित समन्वय समिति बिर्तामोडको पहलमा उनलाई बि एण्ड सि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डाक्टरसंगको परामर्शपछि विरामीलाई बचाउन सकिने भन्दै उनको सल्यक्रिया अघि बढाउने निर्देशन दिए । डा. रोहित कुमार यादवको नेतृत्वमा डा.अनिल ढुङना , डा. बासु बाास्कोटा र डा. दामोदर पन्तको समुह शल्यक्रियामा सामेल भएका थिए ।
परियारको सफल शल्यक्रिया त भयो तर दैनिक ज्यालादारीमा बााचेको उनको परिवारले १ लाख ५० हजार खर्च व्यहोरेर घर लैजान सक्ने कुरै रहेन । सफल उपचार भए पनि अस्पताललाई बुझाउनु पर्ने आवश्यक रकमको अभावमा २५ दिन सम्म अस्पतालमै रहन बाध्य भए उनी । दलित समन्वय समिति बिर्तामोडका अध्यक्ष छविलाल विश्वकर्मा र सचिव वीरबहादुर दर्नालको पहलमा विभिन्न संघ संस्थासंग समन्वय गरेर संकलित रकम ८० हजार र बााकी ७० हजार अस्पतालले व्यहोर्ने शर्तमा परियारलाई घर लगिएको हो ।
यसरी आर्थिक सहयोग गर्ने संघ संस्थाहरुमा रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका पदाधिकारीबाट १४ हजार , दलित समन्वय समिति बिर्तामोड १० हजार , बिर्तामोड नगरपालिका १० हजार , कपडा सिलाई कटाई जिल्ला समिति ८ हजार , दलित समन्वय समिति शनिअर्जुन मार्फत् ७ हजार ५ सय पचास , सहारा नेपाल ५ हजार, वीरता जेसीज ५ हजार , वीरता लेडी जेसीज ५ हजार , आदीवासी जनजाति महासंघ बिर्तामोड ५ हजार , बिर्तामोड खानेपानी संस्था ४ हजार ५ सय , विलिभर्स चर्च ४ हजार २० , ओएसिस एजुकेशन फाउण्डेशन १ हजार ५ सय र पुर्णिमा कृषि सहकारी संस्था १ हजार रहेकोछ । रकम हस्तान्तरणमा बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक खडकबहादुर खत्री र अस्पतालका निर्देशक उमेश यादवले स्थानीय संघ संस्थाले पुऱ्याएको सामाजिक कार्यको प्रसांशा गरेको अस्पतालका जन सम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर