Aamsanchar

छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ घाइते

Author Image
बिहिवार, साउन २०, २०७३

झापा।

download
पूर्व क्षेत्र अन्तर्गत झापा, सुनसरी, भोजपुरमा बुधबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। झापाको  धाइजन-६ स्थीत शान्तिमार्गमा बा १३ च ८३०८ नम्बरको कारले  को ११ प २७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार अंचल सशस्त्र प्रहरी  गुल्म मेची दरबन्दी भइ सोहि गुल्ममा कार्यरत प्रहरी सहायक निरिक्षक मदन कुमार श्रेष्ठ घाइते भएका छन्।

घाइते श्रेष्ठको बि एन सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने सोही क्रममा पछाडी आउदै गरेको मे ५ प ७९७६ नम्बरको मोटरसाइकल उक्त कारको पछाडी ठोकिन गई मोटरसाइकलमा सवार इलाम जिर्मले-७ स्थीत जिर्मले स्वास्थ्य चौकीमा कार्यरत अहेब संदिप भट्ट समेत घाइते भएका छन्।

घाइते भट्टको स्थानीय मनोकामना अस्पताल चारआलीमा उपचार भई रहेको छ। ठक्कर दिने कारका चालकलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ। सुनसरीको धरान-८ स्थित भोटेपुलमा  धरानबाट इटहरीतर्फ आउदे गरेको को १६ प १११६ नम्बरको मोटरसाइकल  अनियन्त्रीत भइ दुर्घटना हुँदा मोरङ विराटनगर १७ बस्ने सुमन कुमार गुप्ता र पछाडी सवार कटहरी-४ बस्ने भगवन कामत घाइते भएका छन्। घाइते दुवैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतीष्ठान धरानमा उपचार भइरहेकोमा भगवन कामतलाई न्युरो अस्पताल विराटनगर पठाइएको छ।

भोजपुर नगरपालिका-७ मा को २२ प ९७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री सोही स्थान बस्ने पधमा कुमारी राई घाइते भएकी छिन्। घाइते राइको स्थानीय  सिद्धकाली हस्पिटल भोजपुरमा उपचार भईरहेको छ। ठक्कर दिने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर