Aamsanchar

जलाधार र जग्गाधनीबीचको द्वन्द्व समाधान गर्न साझा सवाल पारित

Author Image
बिहिवार, साउन २०, २०७३

अर्जुनधारा ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले प्राकृतिक स्रोतमा आधारित जलाधार र जग्गाधनीबीचको द्वन्द्वलाई छलफलबाट सहजिकरण गर्दै साझा सवाल पारित गरेको छ ।
केन्द्रले द्वन्द्व रुपान्तरण कार्यक्रम अन्तर्गत झापाको शनिअर्जुनमा आयोजित साझा सवाल पारितको संयुक्त बैठकबाट स्थानीय जलाधार ब्लक नम्बर ७ को कार्यसमिति र जग्गाधनीबीचको छलफल पश्चात् सो सवाल पारित भएको हो ।
पारित भएको साझा सवालहरुमा जलाधार ब्लक नम्बर ७ कार्यसमिति र जग्गाधनीबीच सम्पर्क समन्वयमा वृद्धी गर्ने, जग्गाधनीको जग्गा यकिन गर्ने, संघको विधान परिमार्जन गर्ने, सम्बन्धित नदीको ढुंगा, गिटी र बालुवा निकासीलाई व्यवस्थापन गर्ने र खोलाधारभन्दा पााच सय मिटर टाढा क्रसर सञ्चालन हुनुपर्नेमा खोलाधारसाग जोडिएर सञ्चालन गरिएको क्रसर व्यवस्थापन गर्न गराउन सम्बन्धित निकायमा पहल गर्नेलगायत रहेको छ ।
प्राकृतिक स्रोतमा आधारित द्वन्द्वहरुको अध्ययन, अनुसन्धान, अभिलेखिकरणसागै त्यसको सहजिकरण गर्दै रुपान्तरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित सो केन्द्रकोतर्फबाट पहिचान गरिएको १५ बुादे सवाल बैठकमा प्रस्तुत गरिएको थियो ।
प्रस्तुत गरिएको सवालहरुमा चोरी तथा चरीचरन नियन्त्रण गर्न नसक्नु, जलाधार संरक्षणका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, जलाधार समितिसाग जोडिएको जग्गाधनीहरुलाई जलाधारको उपभोक्ता बनाउन नसक्नु, जलाधारको आयोजनामा हुने कार्यक्रममा पटक–पटक जग्गाधनीलाई पत्राचार गर्दा उपस्थित नहुनु रहेको छ ।
त्यस्तै अन्य सवालहरुमा विधानको व्यवस्था भएको प्रतिशतले संस्था सञ्चालन गर्न कठिनाई हुनु, अन्य संघ–संस्थाहरुबाट प्राप्त सहयोग समयमा सदुपयोग गर्न नसक्नु, जग्गाधनी र जलाधार समितिबीच सहकार्य नहुादा उत्पादित वस्तुको व्यवस्थापन गर्न नसक्नु, संस्थाको हरेक कार्यक्रम पारदर्शी नहुनु, जलाधारले खाली जग्गामा वृक्षरोपण गर्न नसक्नु, स्थानीय निकाय तथा विभिन्न निकायसाग सहकार्य गरी जलाधारमा कार्यक्रम ल्याउन नसक्नु, जलाधारको विधानमा व्यवस्था भएभन्दा बढी जग्गा ओगट्नु, जलाधारको निर्धारित क्षेत्रभन्दा बाहिर रहेका मानिसहरुलाई सदस्यता वितरण गर्नुलगायत रहेको छ ।
बिरीङ जलाधार संरक्षण तथा व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटीको सभापतित्व तथा समितिका संस्थापक अध्यक्ष एवम् पूर्व वन राज्यमन्त्री वीरमणी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जग्गाधनीहरु दीपेन्द्र ढकाल, हीमा राय, जलाधारकातर्फबाट गजेन्द्र कटुवाल, राजेन्द्र कटुवाल, श्रीप्रसाद कटुवाललगायतले सुझाव पेश गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष छत्र पौड्याल, नेपाली कांग्रेस शनिअर्जुन नगर सहसचिव सन्तोषकुमार श्रेष्ठ, सामूहिक उद्धार तथा उपकार संघका अध्यक्ष चर्तुभूज काफ्ले लगायतले मन्तव्य राखेका थिए । महेश ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन मदन दनुवारले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर