Aamsanchar

इलाममा थपिए ८, ७८८ मतादाता, अब पुगे १,८७०००

Author Image
बिहिवार, साउन २०, २०७३

इलाम ।

एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लिम्बूले जानकारी दिनुभयो । स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या ह्वात्तै बढेको लिम्बूले बताउनुभयो ।

योसँगै इलामको मतदाता सङ्ख्या एक लाख ८७ हजार ३२५ पुगेको छ । गत वर्ष कार्यालयले जिल्लाका ३० गाविसमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको लिम्बूले बताउनुभयो । जिल्लामा अझै पनि २० प्रतिशत नागरिकले मतदाता नामावली दर्ता गराउन बाँकी रहेको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएका धेरै मतदाता नामावली दर्ता गराउन छुटेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर