Aamsanchar

अतिक्रमण हटाउदै वृक्षरोपण

Author Image
बिहिवार, साउन २०, २०७३

Ban Ilam  final
[सागर गौतम]
दानाबारी ।
इलामको दक्षिणी वेल्ट अन्तर्गतका सामुदायिक वनहरुले वनको अतिक्रमण क्षेत्र सहित नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण गदै हराभरा बनाएका छन् । वन क्षेत्रलाई संरक्षण,संवद्र्धन र प्रवर्धन गर्ने उदेश्यले वन कर्मचारी,सामुदायिक वनका पदाधिकारीहरुले वृक्षारोपण सम्पन्न गरेका हुन् ।
दक्षिणी वेल्ट अन्तर्गत करिब २२ हेक्टर अतिक्रमण भूमि सहित करिब १५ हेक्टर नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण सम्पन्न गरेको दक्षिणी सेक्टर इलामका कार्यालय प्रमुख रितेश भुषण बस्नेतले बताउनुभयो । नेपालका अधिकास जिल्ला मध्ये इलाममा सहज तरिकाले वनको अतिक्रमण क्षेत्रलाइ हटाउदै वृक्षारोपण गरिएको बस्नेतको दाबी रहेको छ ।
इलामका चिसापानी–५ मा रहेको गजुरमुखी सामुदायिक वन,पाथिभरा सामुदायिक वन,माइभगवती सामुदायिक वनको परिसरमा १० हेक्टर,दानावारीको बगैंचासेरो सामुदायिक वनको १.९ हेक्टर क्षेत्रमा नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण सम्पन्न गरिएको बताइएको छ । अतिक्रमणको भूमि हटाउादै वृक्षारोपण गरिएको वनहरु मध्ये लक्ष्मीपुरमा रहेको दाहालटार सामुदायिक वनमा ०.५७ हेक्टर,दानावारीमा रहेको कालीखोला सामुदायिक वनमा ८ हेक्टर, सिर्जना सामुदायिक वनमा ०ं७३ हेक्टर चिसापानीमा रहेको सोक्तिम भ्यालीले साढे दुइ हेक्टर,शान्तिपुर–७ मा रहेको वरफल्याङ सामुदायिक वनमा ५ हेक्टर,लक्ष्मीपुरमा रहेको वसन्त सामुदायिक वनले १.६० हेक्टर,चिसापानीको गुनगुने सामुदायिक वनमा समेत अतिक्रमण हटाउादै वृक्षारोपण गर्ने सफल भएको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । अतिक्रमण क्षेत्र र खाली सामुदायिक वनहरुको भूभागमा टिक,खयर,मसला,एकासिंया,बाास प्रजातिका बोटविरुवा लगाएका हो । इलामका सामुदायिक वनहरुमा अतिक्रमणको समस्या लामो समय देखि रहदै आएको थियो । जिल्ला वन कार्यालय इलामले सामुदायिक वनहरु साग सम्झौता गदै वनको अतिक्रमण क्षेत्र सहित नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर