Aamsanchar

कलाकारिता छाडेर फ्रेस हाउस सञ्चालन

Author Image
शुक्रवार, साउन २१, २०७३

सुरुङ्गा (झापा)।

Meat-300x157

शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक रु ३५ हजार आम्दानी गरिरहेका छन् ।

रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस सञ्चालन गर्नुहुन्छ । विदेशमा भने जस्तो कमाइ नभएपछि स्वदेश फर्किएर उहाँले फ्रेस हाउस सञ्चालन गर्नुभएको हो । “सुरु सुरुमा विदेशमा गरेको दुःख सम्झिएर काम गरे, कमाइ हुँदै गयो अहिले त्यही व्यवसायले मनग्य आम्दानी हुन थालेको छ,” उहाँले भन्नुभयोे ।

विदेश जानु अघिसम्म उहाँको कलाकारितामा दख्खल थियो । उहाँले दुईवटा चलचित्रमा अभिनय गर्नुभयो । ‘तर तिम्रै माया लाग्छ’ नामक आफैँले लेखेको चलचित्रमा उहाँले खल नायकको भूमिका निर्वाह गर्नुभएको थियो भने ‘स्र्वगकी परी’नामक चलचित्रमा सह नायकको रुपमा भूमिक निर्वाह गर्नुभएको थियो ।

कलाकारिता क्षेत्रबाट नाम कमाए पनि दाम कमाउन नसकेपछि आफू विदेसिएको दुखेसो सुनाउँदै उहाँले भन्नुभयो– “विदेशमा आम्दानी गर्न सकिन तर सङ्र्घष गर्न भने सिकेर आए । आज त्यही सङ्र्घषले गर्दा यो फ्रेस हाउस सञ्चालन गरिरहेको छु ।”

मामाको प्रेरणाले खालिएको फ्रेस हाउसको नाम ‘मामा भान्जा’ नै राखेको उहाँ बताउनुहुन्छ । एलएलसीसम्म मात्रै अध्ययन गरेको सुनाउँदै उहाँले भन्नुभयो – “धेरै कमाउने लोभमा नबुझी विदेश गए दुःख मात्र पाइन्छ बरु यही केही गरियो भने परिवारसँगै बस्न पाइन्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर