Aamsanchar

गम्भिर घाइते प्रहरी सहायक निरिक्षक श्रेष्ठको मृत्यु

Author Image
शुक्रवार, साउन २१, २०७३

झापा,

death-men-358x300

झापाको धाइजन–६ स्थित शान्तिमार्गमा बुधबार कारको ठक्करबाट गम्भिर घाइते प्रहरी सहायक निरिक्षक मदन कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
अञ्चल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत प्रहरी सहायक निरिक्षक श्रेष्ठ सवार को ११ प २७१७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ बा १३ च ८३०८ नम्बरको कारले ठक्कर दिएको थियो ।

 

ठक्करबाट गम्भीर घाइते श्रेष्ठको बि एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने कारका चालकलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर