Aamsanchar

हेडसरले रक्सी पिएर लड्दा……

Author Image
शुक्रवार, साउन २१, २०७३

इलाम ।

इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर ज्यान गएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक भण्डारीको शव नजिकै मदिराको बोतलसमेत भेटिएकाले मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

शव परीक्षणका लागि इलाम अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर