Aamsanchar

घास काटेर फर्कदा खोलाले बगायो बालकलाई

Author Image
शनिवार, साउन २२, २०७३

भोजपुर।

पौडी खेल्ने क्रममा पिखुवा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

शुक्रबार घाँस काटेर फर्कने क्रममा पौडी खेल्दा भोजपुरको कोट गाविस–८ खाल्डेका गौरी तामाङको १५ वर्षीय छोरा मनकुमार तामाङको ज्यान गएको छ भने लेखर्क–७ का कार्यसिङ तामाङको १५ वर्षीय छोरा सुवास बेपत्ता भएका छन् ।

घाँस काट्न जङ्गल गएका दुवैजना अबेरसम्म घर नआएपछि खोजी गर्दा खोलको इस्ट्रर्न हाइड्रो पावर नजिकै किनारमा मनकुमारलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

सुवासको खोजी गर्न जिल्ला प्रहरी कार्यालय, भोजपुर कोट र टक्सारका प्रहरी घटनास्थलमा परिचालन गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर