Aamsanchar

झापामा ९०० बिगाह जग्गा कटान

Author Image
शनिवार, साउन २२, २०७३

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

 

झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेती योग्न जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवविधिक सहायक शालिकराम भट्टराईका अनुसार ९ सय विगाह जमिन कटान र पुरिएको छ । झापाका मेची, बिरीङ्ग, कनकाई, रतुवा लगायतका नदीहरुमा आएको बाढीका कारण खेती योग्य जमिनमा असर परेको छ । बर्षाका कारण डुबान, कटान र जमिन पुर्दा सात सय किसान मारमा परेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिम्सिनाले बताए । लगातार परेको वर्षाका कारण १९ सय विगाह धान रोपीएको क्षेत्रमा डुवानमा परेको भट्टराईले जानकारी दिएका छन् ।
साउन १५ गते यता वर्षा रोकिएको र हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आउन अझै एक साता सम्म लाग्ने प्रमुख तिम्सिनाले जानकारी दिए । नदीमान आएको बाढीले भद्रपुर, पामारी, केचना, शिवगञ्ज, महाभारा लगायतका दक्षणी क्षेत्र बढी प्रभावित भएको जिल्ला कृषि विकासले जनाएको छ । कतिपय स्थानमा रोपाई गरिसकिएको खेत बगाएको र पुरेको ठाँउमा भने जिल्ला कृषि विकास कार्यालयले विउ वितरणगरेर रोपाई गर्न आग्रह गरेको बताएका छन् ।

भद्रपुरको भैसीबारीमा बाढीले पुरेका कारण सो ठाँउमा बिउ दिएर किसानलाई पुन रोपाई गर्न सुझाव दिएको प्राविधिक सहायक भट्टराईको भनाई छ । उनले भदौं १५ सम्म रोपाई गर्न सकिने भएकाले किसान अत्निु पर्ने अवस्था नरहेको बताएका छन् ।

यसैबीच झापामा साउनको महिनाको तेस्रो साता बितिसक्दा ९३ प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक सहायक भट्टराईका अनुसार गत वर्ष ७३ हजार हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो भने यस वर्ष ७६ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । झापाको ९० हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

संसारमा कुल जनसङ्ख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना भात नै हो । एसियाली देशहरूमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको पाइन्छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो रहेको छ ।

सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ वटा धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ वटा जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर