Aamsanchar

प्रहरीले मृत्यु भएको भनेका राई ज्यूदै, उपचारपछि घर फर्के

Author Image
शनिवार, साउन २२, २०७३

उर्लाबारी (मोरङ) ।

प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो ।

गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते हुनु भएको थियो । रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो ।

प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर