Aamsanchar

झापामा ४४ अर्बको नगदे बाली

Author Image
आइतवार, साउन २३, २०७३

dhaan

भद्रपुर ।

जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ ।

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । चैते धानबालीबाट रु एक अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट रु आठ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट रु ७९ करोड ३६ लाख र मकैबालीबाट रु तीन अर्ब ५४ करोड छ लाख आम्दानी भएको छ ।

यस्तै कोदोबाट रु ११ करोड ७८ लाख १० हजार, फापरबाट रु सात करोड ९२ लाख, जुसबाट रु पाँच करोड ७४ लाख ७५ हजार, आलुबाट रु पाँच अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट रु ४३ करोड ८० लाख, दलहनबालीबाट रु ६९ करोड ८० लाख ६० हजार, चियाबाट रु तीन अर्ब तीन करोड ३० लाख र माछापालनबाट रु १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ ।

यसैगरी सुपारीबाट रु एक अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट रु तीन करोड ९० लाख ६० हजार, मरिचबाट रु २१ लाख १२ हजार, रबरबाट रु चार करोड १० लाख र पानबाट रु एक लाख ७२ हजार आम्दानी भएको बताइएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर