Aamsanchar

बासी र विषाक्त खानाले ३५ ‘नर्स’ बिरामी, बिर्तासीटीमा उपचार हुदै

Author Image
मङ्गलवार, साउन २५, २०७३

तस्वीर:खबरमञ्च

विर्तामोड ।
झापाको विर्तामोडस्थित एक इन्स्टिच्युटका स्टाफ नर्सका ३५ विद्यार्थीलाई फुड पोइजनिङ भएको छ ।

कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ती विद्यार्थीलाई मंगलबार बिहानको राति ३ बजेबाट अचानक एकसाथ बान्ता हुन थालेपछि फुड पोइजनिङ भएको थाह भएको हो ।
उनीहरुको विर्तामोडको पूर्ण टुंग विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।
इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार उनीहरुलाई बान्ता हुने र झाडा पखाला लागेपछि अस्पतालमा भर्ना गरिएको हो ।
विरामी छात्राहरुले होस्टेलमा एकै साथ सोमबार बेलुका खाना खाएका थिए ।

६ जना विद्यार्थी रातिदेखि नै विरामी परेको बताइएको छ ।
बासी खानाको कारण उनीहरुमा फुड पोजनिङ भएको हुनसक्ने उपचारमा संलग्न चिकित्सक डा। सुदीप भट्टराईले बताए ।

अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र तेस्रो बर्षका विद्यार्थी हुन् । केहीको झाडा बान्ता अझै नरोकिएको डा। भट्टराईले जानकारी दिए ।तस्वीर:खबरमञ्च

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर