Aamsanchar

डिकमान विरही स्मृती पत्रकारिता पुरस्कारबाट समदर्शी पुरस्कृत

Author Image
शुक्रवार, साउन २८, २०७३

अर्जुनधारा।

DSC_0054

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापा शाखाद्धारा स्थापित यस वर्षको डिकमान विरही सुनुवार स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश समदर्शी पुरस्कृत भएका छन् ।

फोनिजको १७औं स्थापना दिवसको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रहेका समदर्शी ताम्रपत्रसहित नगद १३ हजार १७ रुपैयाँबाट पुरस्कृत भएका हुन् ।

त्यसैगरी उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कारबाट क्रमश आँगन एफएमकी पुष्पा जवेगु लिम्बू र सनराइज एफएमकी शारदा भूजेल प्रोत्साहन पत्रसहित जनही १५ सय १७ रुपैयाँबाट पुरस्कृत भएका छन् ।

सोही कार्यक्रममा डिकमानको जीवनीबारे प्रस्तुत गरेका अक्षयकोषका दाता खिलप्रसाद शिवाकोटीले प्रत्येक वर्ष पुरस्कार वितरण समारोहको अवसरमा अक्षयकोषमा थप हुने गरी रु पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । शाखाका अध्यक्ष गणेशमान मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फोनिजका केन्द्रिय उपाध्यक्ष भैरव आङलालगायतले सो पुरस्सकार वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश पोखरेल, झापा शाखाका सचिव एकराज गिरी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मुक्ति पौड्याल, प्रेस सेन्टर झापाका सचिव लीलाराज झापाली, मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, संघीय प्रेस फोरमका केन्द्रिय सदस्य डिकेश लामा, पुरस्कत व्यक्तित्व पत्रकार समदर्शीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फोनिजका उपाध्यक्ष कृष्ण सिञ्जालीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहसचिव अमित खम्बूले गरेका थिए । सो पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, अग्रज पत्रकार नकुलकाजी, यलम्बर टाइम्स साप्ताहिकका प्रधान सम्पादक दिपीन राई र पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकाल पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर