Aamsanchar

बादोरियो करातेको नेतृत्व चयन

Author Image
शुक्रवार, साउन २८, २०७३

काठमाडौँ ।

नेपाल बादोरियो कराते डो सङ्घको दोस्रो चुनावी साधारणसभाले हरिशरण केसीका अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

विसं २०६४ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बादोरियो सङ्घ दर्ता हुँदा केसी सदस्य हुनुहुन्थ्यो । अघिल्लो कार्यसमितिका उपाध्यक्ष केसी बादोरियोका प्रमुख प्रशिक्षक हुनुहुन्छ । नेपाल कराते महासङ्घका महासचिवसमेत रहनुभएका केसीले कराते खेलको विकास र विस्तारमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ तथा उपाध्यक्षमा यादवलाल श्रेष्ठ, ईश्वर लामा, चित्रबहादुर केसी र छत्रबहादुर बस्नेत हुनुहुन्छ । त्यस्तै महासचिवमा सन्ध्या थापा, सचिवमा सन्तोष मल्ल तथा कोषाध्यक्षमा सूर्यबहादुर राई चयन हुनुभयो । सदस्यमा शिवराम अधिकारी, सिमोन खत्री, जितबहादुर कार्की, राजेश श्रेष्ठ, मनोज केसी, दिनेशकुमार आचार्य, मनोजकुमार जिसी, विष्णुप्रसाद खनाल, कृष्णबहादुर कुँवर तथा रत्नबहादुर महर्जन हुनुहुन्छ ।

नवनिर्वाचित पदाधिकारीलाई राखेप, सङ्घसंस्था समन्वय शाखाका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत डोमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ गराउनाका साथै प्रमाणपत्र प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर