Aamsanchar

अष्ट्रेलियाको एनएडिएफ अध्यक्षमा थापा

Author Image
आइतवार, साउन ३०, २०७३

bibek-thapa

काठमाडौँ ।

नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ)ले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत नयाँ कार्यसमितिसमेत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षद्वयमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिवमा माधव गैरे, सचिवमा थानु शाक्य, कोषाध्यक्षमा सत्यप्रकाश कँडेल, पब्लिक अफिसरमा अर्जुन केसी, युवा संयोजकमा रामजी बस्नेत सर्वसम्मत चयन गरेको छ ।

नयाँ समितिलाई बधाई दिँदै गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दुई वर्षको कार्यकाल सफल भएकामा निवर्तमान हुँदै गरेको समितिलाई धन्यवाद दिँदै नवनिर्वाचित समितिलाई बधाई दिनुभयो ।

प्रजातान्त्रिक विचार राख्नेहरु सम्मिलित वैद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले वैचारिक मन्थन गर्दै नेपाल र नेपालीका लागि परोपकारी कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर