
सप्तरी – सप्तरीको खडक नगरपालिका–५ रंजितपुरबाट १४५ किलो गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विहीबार राति पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका–५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को। १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 21


