Aamsanchar

रक्सी पिएर सवारी चलाउदाँ मन्त्री समातिइन्

Author Image
आइतवार, साउन ३०, २०७३

एजेन्सीः

Aida-Hadzialic-57b02bbc4f1387.63044984

स्वीडेनकी उच्च शिक्षामन्त्री मन्त्री अइदा हड्ज्यालिक रक्सी खाएर गाडी गुडाएको अवस्थामा पक्राउ परेकी छन् ।
उनले दुई गिलास वाईन पिएको बताएकी छन् । स्वीडेनमा मुस्लिम समुदायको नेतृत्व गर्दै मन्त्रिमण्डलमा पुगेकी उनी एकमात्र मन्त्री हुन् ।
उनलाई दक्षिणी सुडेनको माल्मोसहरबाट पक्राउ गरिएको थियो । मापसे मापनका क्रममा उनको शरीरमा ०.०२ प्रतिशत अल्कोहलको मात्रा भेटिएको थियो । उनलाई अब ६ महिनासम्म जेल सजाय हुनेछ ।
२९ वर्षकी अइदा हड्ज्यालिकले रक्सी पिएर सवारी चलाउनु जीवनकै सबैभन्दा ठूलो भूल भएको भन्दै ट्वीट गरेकी छन् । बोनियामा जन्मिएकी उनी लोफन्सको मन्त्रिमण्डलमा पहिलो मुस्लिम महिला मन्त्रीका रुपमा २०१४ मा मन्त्रिमण्डलमा सामेल भएकी थिइन ।

यूरोपियन मुलुकमा रक्सी सेवन गरेर सवारी चलाउँदा कडा कारबाही हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर