Aamsanchar

झापाका ८१ प्रतिशत कुखुरा फर्म गैरकानुनी

Author Image
बुधवार, भदौ १, २०७३

kukhura faram

भद्रपुर ।
झापाका कुखुरा व्यवसायीले सञ्चालनमा ल्याएका कुखुरा फर्महरु मध्ये ८१ प्रतिशत विना दर्ता सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आज भद्रपुरमा आयोजना गरेको व्यवसायीक कुखुरा पालन सर्वेक्षण नतिजा सार्वजनिकीकरण कार्यक्रममा यस्तो तथ्याक सार्वजनिक गरेको हो ।

०७१।७२ मा झापामा गरेको कुखुरा पालन सर्वेक्षणमा ५ सय ६२ कुखुरा सम्बन्धी फर्म रहेपनि १९ प्रतिशत फर्मले मात्र सम्बन्धी कार्यालयमा दर्ता गरेको पाइएको विभागका निर्देशक बद्री कार्कीले बताए ।

झापामा बार्षिक २ हजार ७३ मेट्रिक कुखुराको मासु उत्पादन भएको र त्यसबाट कुखुरा व्यवसायीले मल, अण्डा र मासु गरी ४० करोड, ४४ लाख ५४ हजार रकम बराबरको आम्दानी तथा ३२ करोड १९ लाख ९९ हजार खर्च हुने गरेको निर्देशक कार्कीले प्रस्तुत् गरेको तथ्याकमा उल्लख गरिएको छ । कुखुरा व्यवसायमा १४ प्रतिशत महिला तथा ८६ प्रतिशत पुरुष रहेकोमा यो पेशामा ३५ देखि ४४ वर्ष उमेर समुहका व्यक्ति आबद्ध हुने गरेको छ ।

सर्वेक्षणमा फेला परेको ५ सय ६२ फर्म मध्ये कृषि पेशा छाडेर कुखुरा पालनमा एसएलसी वा सो भन्दा कमका ४ सय ५४ जना, बैदेशिक रोजगारीबाट आएका ८७ जना र विद्यार्थी ४९ जना रहेको छ । झापामा कुखुराको संख्या ९ लाख ३२ हजार ४ सय ९३ रहेकोमा बोइलर ८ लाख ९९ हजार ९ सय ७६, लेयर्स ३० हजार ९ सय १० र अन्य १ हजार ६ सय ७ वटा रहेको छ । कार्यक्रममा कुखुरा पालन व्यवसायी संघ झापाका अध्यक्ष डिल्लीप्रसाद ओलीले भारतबाट अवैध रुपमा भित्रीएका चल्ला, कुखुरा तथा कुखुराको मासुले व्यवसायी मारमा परेको बताए । बैकबाट ऋण लिएर सञ्चालन गरेका फर्महरु धरायसी बन्दै गएपनि यस तर्फ राज्यले ध्यान नदिएको गुनासो गरेका छन् । क्षेत्रीय तथ्याक विभाग विराटनगरका प्रमुख अशोक भट्टराई र विभागका कर्मचारी राजु पोखरेलले बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर