Aamsanchar

खुदुनाबारीमा माओवादी र एमाले नेतावीच घम्साघम्सी

Author Image
बिहिवार, भदौ २, २०७३

[सागर गौतम]

खुदुनावारी ।

झापाको खुदुनाबारीमा मङ्गलबार दुईजना बीच पैनी खनेको विषयमा ठेलाठेल भयो । विषय यतिसम्म तन्कियो कि, ठेलाठेल गर्ने दुबैजनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताले स्काभेटर प्रयोग गरी खुदुनाबारी–९ स्थित ढुण्डिराज गौतमको खेतमा जबरजस्ती पैनी खन्न थालेपछि विवाद चुलिएको हो । गौतम एमालेका सक्रिय सदस्य हुन् ।  खुदुनाबारी–९ मा चार घर दलित समूदायको बसोबास छ । बुद्धिमान ल्वागुन, मेनुकादेवि ल्वागुन, राजेन्द्र ल्वागुन र चित्रबहादुर ल्वागुनले पैनी नहुदा खेतमा पानी लगाउन नपाएको गुनासो गर्दै आएका थिए । यो विषयमाथि स्थानीय शान्ति समितिमा समेत छलफल हुदै आएको थियो ।

तर, ती चार घरले खेतमा पानी लगाउन नपाएको भन्दै माओवादी केन्द्र खुदुनावारीका अध्यक्ष पदम बराइलीले मङ्गलबार स्काभेटर लगेर गौतमको धानबाली भएको खेत भकाभक खन्न थाले । ‘किन खनेको, तपाईको जग्गा हो र भन्दै म गएा,’ घटना भएको दिन स्मरण गर्दै गौतम भन्छन्, ‘बाली लगाएको खेत भकाभक मास्दा कसको चित्त बुझ्छ र !’

गौतमका अनुसार स्काभेटर लिएर गएका बराइलीले आफूलाई ‘कमाण्डर’ भने । तर, उनी केको कमाण्डर हो भन्ने आफूलाई थाहा नभएको गौतम बताउाछन् । स्काभेटरले खेत खन्न थालिसकेपछि बराइली र गौतमबीच सामान्य ठेलाठेल भएको स्थानीय बताउाछन् । तर, बराइलीले ‘दलितमाथि हातपात भयो’ भन्दै पत्रकार सम्मेलन नै गरे । गौतमले आफ्नो जग्गामा पैनी खन्न नदिएको आरोपसमेत लगाए, बराइलीले । ल्वागुनले आयोजना गरेको पत्रकार सम्मेलनमा दलित अगुवाहरुको बाक्लै जमघट थियो ।

बराइलीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सोही दिन उजुरीसमेत गरेपछि इप्रका बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले गौतमलाई बोलाए । केही घण्टापछि गौतम इलाका पुगे । ‘तपाईलाई त मैले थुन्नुपर्ने भयो भन्नुभयो डीएसपी सा’वले,’ गौतमले पत्रकारसाग भने, ‘मलाई पूरा राजनीतिक प्रेसर आइसक्यो भन्दै हुनुहुन्थ्यो डीएसपी सा’व ।’ तर, गौतम थुनामा बस्न मानेनन् । उनले पनि निवेदन लेखाए, बाली लगाएको खेतमा बिना अनुमति स्काभेटर प्रयोग गरियो भनेर ।

घटनास्थल पुगेर हेर्दा स्काभेटरले गौतमको धानबालीमा केही क्षति गरिसकेको पाइयो । गौतम भन्छन्, ‘उनीहरुको खेतसम्म पैनी पुर्‍याउने विषयमा लगभग सहमति भइसकेको थियो, तर एकाएक पदम बराइली आएर त्यसो गरे ।’ बराइलीले गौतमको जग्गामा केही समयअघि माओवादीको झण्डासमेत गाढेको स्थानीयबासी बताउछन् ।

स्थानीय मेदनी चापागाई भन्छन्, ‘गौतमको जग्गा त्यसरी स्काभेटर लगाएर खन्नु सरासर गलत हो, त्यो जग्गा भएको ठाउमा पैनीको नक्सा पनि छैन ।’ खुदुनाबारीमा पैनीको विषयमा विवाद भएको लामो समय भइसक्यो । तर, ठोस निकास निस्कन सकेको छैन । ठेलाठेलमा सम्लग्न बराइली राजनीतिमा सक्रिय रहेकाले विवाद बढाइएको स्थानीय बताउछन् ।

पैनी खनेर पानी लैजान नपाएको भन्दै चार घर ल्वागुन परिवारले झन्डै १ बिगाहा खेत बाझै राखेका छन् । उनीहरुको खेत सुख्खा देखिन्छ । तर, आफूहरुले पानी दिदा पनि उनीहरुले प्रयोग नगरेर झगडा गरेको गौतम बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर