

काठमाडौं – रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन आग्रह गरेकी छिन् ।कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।
‘बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गर्नुभएको छ । बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकार समक्ष ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

Views: 5


