Aamsanchar

‘नक्कली पत्रकार छानविनको घेरामा’

Author Image
आइतवार, भदौ ५, २०७३

nakkali patrakarबिर्तामोड ।
प्रेस चौतारी नेपालले नक्कली पत्रकारलाई कार्वाही गर्न माग गरेको छ । यो घटना दुई बर्ष अघिको काभ्रे जिल्लाको हो । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर पत्रकारिता गरिरहेका नक्कली पत्रकारको सदस्यता निलम्बन गरेर कार्वाही गर्न त्यहाा प्रेस चौतारीले माग गरेको थियो ।
यता झापामा केही समयदेखि नक्कली पत्रकारको चर्चा र बहस छताछुल्ल छ । काभ्रेमा चौतारीले नक्कली पत्रकारलाई कार्वाही गर्न माग गरिरहादा झापामा सोही संगठन निकटका केही पत्रकार नक्कली पत्रकार बचाउमा लागेका छन् ।
यसअघि चीनमा नक्कली पत्रकार विवादमा १४ हजार ४ सय ५५ पत्रकारको परिचय–पत्र रद्द गरिएको थियो । सन् २०१३को शुरुवातदेखि नक्कली पत्रकारविरुद्ध चलाइएको अभियानमा उक्त संख्याका पत्रकारको परिचयपत्र रद्द गरिएको हो । त्यसबेला दुई सय १६ वटा अवैध पत्रिका र म्याग्जिनमाथि छानविन गरिएकोमा अवैध ठहर गरी ७६ वटामाथि प्रतिबन्ध लगाइएको थियो । त्यहााका अधिकारीहरुले नक्कली पत्रकार संलग्न भएको भनिएका २ सय ५८ वटा आपराधिक घटनाको अनुसन्धान गरिएको र १५ लाखभन्दा बढी गैरकानूनी पत्रिका र म्याग्जिन जफत गरिएको बताएका थिए । पत्रकारहरुको यस्तो क्रियाकलापले मिडियामाथिको विश्वसनीयतामा कमी आएको ठहर गरी चीनमा त्यस्तो अभियान चलाएको बताइन्छ ।
यता नेपालमा भर्खरै उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायणप्रसाद कोइरालाले धेरै पत्रकारको सर्टिफिकेट नक्कली भएको खुलासा गरेका छन् । उनले धेरैको नाममा छानविन भइरहेको समेत खुलासा गरे । कोइराला भन्छन्– ‘नक्कली सर्टिफिकेट देखाएर काम गर्नु र विभिन्न सुविधा लिनु अपराध हो, त्यस्ता व्यक्ति उम्कन पाउादैनन् ।’ कोइराला नक्कली डाक्टर, इञ्जिनियर, पाइलटको सर्टिफिकेट छानविनमा शुरुदेखि नै संलग्न छन् । उनले वकिलको सर्टिफिकेट पनि नक्कली भएको खुलासा गरेका छन् ।
नक्कली सर्टिफिकेटको छानविन प्रक्रिया बारे बताउादै अर्का एक सरकारी अधिकारीले भने– ‘धेरै जनाले भारतको विभिन्न स्कूल, कलेजका सर्टिफिकेट पेश गरेका छन्, हामीले ती कलेजमा प्रहरीलाई उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी बनाएर पठायौं ।’ विदेशी विश्व विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारीलाई मात्र गोप्य डाटा सेन्टरमा प्रवेश दिन्छन् । करोडौं खर्च गरेर नक्कली प्रमाणपत्रधारीको विषयमा सूचना संकलन भइरहेको बताइएको छ । कसको कुन सर्टिफिकेट नक्कली, उनीहरुले गरेको नक्कली काम के–के हुन् तथा कतिपयले गरेको अपराधको लेखाजोखा गर्दा पनि छक्क पर्ने अवस्था रहेको सरकारी अधिकारीहरु बताउाछन् । एक अधिकारीले भने – राज्यलाई कसरी हेपिएको छ, यहाा जे गरे पनि हुन्छ भन्ने सोच कसरी मौलाएको छ भन्ने कुरा नक्कली सर्टिफिकेट काण्डलाई ध्यान दिएर हेर्दा प्रष्ट हुन्छ ।’
कतिपय पत्रकारले १० कक्षा पनि पढेका छैनन् भने कतिपय पटक–पटक एसएलसीमा फेल भएका छन् । यसरी फेल भए पछि भारतका स्कूलबाट परीक्षा दिएर उच्च श्रेणीमा पास भएको सर्टिफिकेट ल्याइएको छ । नेपालमा पटक–पटक फेल भएको विद्यार्थीले भारतबाट उच्च अंक ल्याउनु आफैंमा आश्चर्य छ । कतिपयले आफै कीर्ते गरेर नेपालकै बोर्डको सर्टिफिकेट बनाएका छन् । ‘राज्य भनेको केही होइन, यहाा जे गरे पनि चल्छ भन्ने मानसिकताले जरो गाडेको छ’– एक सरकारी अधिकारीले भने– ‘त्यसैको परिणाम पत्रकारिता जस्तो सम्मानित पेशमा समेत यस्तो विकृति छिरेको हो ।’
झापामा भने नक्कली पत्रकार पक्षधरहरुले त्यस बारे आएको सप्रमाण समाचारलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गरिएको भनी तथ्य संगत प्रस्तुत भएको सामग्री बारे आफू अनुकूल व्याख्या गर्ने गरेको पाइएको छ । पत्रकारिता पेशालाई मर्यादित र सम्मानित बनाउनुपर्ने अवस्थामा नक्कली पत्रकारकै बचाउमा केही पत्रकारहरु नै लाग्नु आश्चर्यजनक भएको प्रबुद्ध नागरिकको धारणा छ । अहिले झापाका नक्कली शैक्षिक प्रमाणपत्र धारी पत्रकारहरुको विषयमा छानविन र उनीहरुले त्यही आधारमा सरकार तथा अन्य निकायबाट उपभोग गरेको तथा गरिरहेको सुविधा बारे छानविन गर्न सरोकारवाला निकायले चासो देखाउन थालेको बुझिएको छ । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, प्रेस काउन्सिल नेपाल जस्ता निकायले पत्रकारहरुको सर्टिफिकेट छानविन लगायतको विषयमा चासो देखाएको स्रोतले जनाएको छ । पत्रकार महासंघ भने यो विषयमा मौन रहनु आश्चर्य बनेको छ । महासंघले सर्वप्रथम नक्कली पत्रकारको सदस्यता निलम्बन गरेर राज्यलाई कार्वाहीमा सघाउनुपर्ने आवाज कतिपय कोणबाट उठ्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर