Aamsanchar

छ करोड चालीस लाखमा पक्की कुलो

Author Image
सोमवार, भदौ १३, २०७३

इलाम।

nahar

इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण हुनुपर्ने भए पनि यसपालिदेखि कुलो बन्न सुरू गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङले बताउनु भयो ।

देउमाई नगरपालिका र एकतप्पा गाविसबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पाका केही वडाबाहेक सबै वडामा सिँचाइ हुने भएको छ ।

१२।१ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्बर वडाका एक हजार ५०० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । कुलोले एकतप्पाका छ वडाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर