Aamsanchar

खुर्पा प्रहार गरी नेपालीको हत्या

Author Image
मङ्गलवार, भदौ १४, २०७३

गोरखा ।

गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ ।

खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । पीताम्बरको हातमा रहेको खुर्पा खोसेर जीतबहादुरले प्रहार गर्दा घाँटीमा गहिरो चोट लागेको थियो ।

स्थानीय रामचन्द्र ढकालको तिलबारी माथिको गोरेटो बाटोमा आपसी विवाद हुँदा जीतबहादुरले पीताम्बरलाई खुर्पा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

खुर्पा प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबारै जीतबहादुरलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर