Aamsanchar

किराना  पसलमा सिलबन्दी

Author Image
मङ्गलवार, भदौ १४, २०७३

सोलुखुम्बु ।

मापदण्ड विपरीत सञ्चालित किराना पसल बजार अनुगमन समितिले सिलबन्दी गरेको छ ।

अनुगमनका क्रममा वसन्त बजारमा पसलका सबै सामानको म्याद नाघेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रजिअ पङ्कज भुर्तेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा सबैभन्दा बढी खुद्रा सामान म्याद नाघेकोे पाइएको छ ।

यस्तै कस्मेटिक सामान तथा पेय पदार्थ पनि म्याद गुज्रिएको भेटिएको छ । सदरमुकामका सम्पूर्ण पसलको अनुगमन गरिँदै आएको छ । दर्ता नभई सञ्चालन भइरहेका पसल तथा होटललाई तत्काल दर्ता गरी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर