Aamsanchar

जनता उच्च माध्यामिकले गर्यो सम्मान तथा विदाई

Author Image
बुधवार, भदौ १५, २०७३

सागर गौतम

खुदुनावारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालयले चार शिक्षक लाई एक कार्यक्रमका बिच विदाई गरेको छ । लामो समयदेखि शिक्षण पेशामा रहेर अध्यापन गरि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दैunnamed-(6) जनता उच्च माध्यामिक विद्यालयले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
सम्मानित हुनेमा २०४३ सालदेखि तत्कालिन जनता माध्यामिक विद्यालयमा शिक्षकका रुपमा प्रवेश गरी २०४८ सालदेखि प्रध्यानाध्यापक पदमा कार्यरत भई २०७२ सालसम्म अनिवार्य अवकाश प्राप्त भएका स्वर्गीय श्यामनाथ शर्मा श्रावण ६ गते दिवङ्गत भएपछि बुहारी प्रतीक्षा शर्माको उपस्तिथीमा मरणोपरान्त सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै २१ वर्षको युवा उमेरदेखि ६० वर्षसम्म सोही विद्यालयमा अध्यापन गर्नुहुने लक्ष्मीप्रसाद भट्टराई ( आई सी सर ) लाई सम्मान पत्रद्धारा सम्मानित गरियो । त्यस्तै धादिङबाट सरुवा भई २०५२ सालदेखि सोही विद्यालयमा शिक्षण सेवा गर्नुहुने अरुणकुमार जोशी सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।

२०३९ सालदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै गोविन्द् विक्रम गिरीलाई पनि सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले सम्मानित ४ व्यक्तिहरुलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो विदाइ कार्यक्रममा प्रमुख अतिथि विष्टले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन शिक्षा कार्यालय अत्यन्तै चनाखो रहेको बताउदै विष्टले त्यस कार्यमा विद्यालय र अभिभावकले समेत साथ दिनुपर्ने बताउनुभयो । विदाई कार्यक्रममा सम्मानित लक्ष्मीप्रसाद भट्टराई (आई सी सर) ले विगतको भन्दा अब शिक्षण पेसा मर्यादित भएको बताउनुभयो । कार्यक्रममा शनिश्चरे स्रोत केन्द्रले पनि सोही मञ्चद्धारा विदाइ गरेको थियो ।

जनता उच्च माध्यामिक विद्यालयका प्रध्यानध्यापक जय प्रकाश भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षा प्रेमी लोकमान श्रेण्ठ,शिक्षक प्रतिनिधि नेत्र आचार्य,स्रोतकेन्द्र विदाइ समिति संयोजक रामकुमार आछामे,शिक्षक मोहन खतिवडा,विद्यार्थी रोसन अधिकारी,दिक्षा अधिकारीले शिक्षकको त्याग र समपर्णको चर्चा गर्नुभयो । उपस्थित प्रमुख अतिथि,अतिथि,अभिवावक,शिक्षक,विद्यार्थी सबैलाई शिक्षक डम्बर केशर नेपालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन शिक्षक हेम बहादुर खत्रीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर