Aamsanchar

उमेर नपुगेकी किशोरीको जबर्जस्ती विवाह गराउनेविरुद्ध मुद्दा

Author Image
बिहिवार, भदौ १६, २०७३

biwaha

लिबाङ (रोल्पा)।

उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ ।

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले आज बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गएको साउन २९ गते सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भई भदौ ११ सम्म उनीहरुसँगै बसेको र परिवारका सदस्यहरु नभएको मौका पारी सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो ।

हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित स्थानमा राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर