Aamsanchar

सडकमा बगेको पानीले बगाउँदा महिलाको मृत्यु

Author Image
बिहिवार, भदौ १६, २०७३

पोखरा ।

खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ ।

गएराति परेको भीषण वर्षासँगै आएको बाढीले पोखराको सिद्धार्थचोकबाट दाङ देउखुरी घर भई पोखरा–८ बगालेटोलमा बस्दै आएकी ४८ वर्षीया मीना भण्डारीलाई बगाएर मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव आज बिहान बगाएको ठाउँभन्दा केही तल फेला परेको थियो । तीजको दर खाएर आफ्नो कोठातर्पm फर्कदै गर्दा उनलाई बगाएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर