Aamsanchar

आन्तरिक कलहले सेवाग्राही मारमा

Author Image
बिहिवार, भदौ १६, २०७३

खोटाङ।

02122015074508sankat-nikas-600x0

जिल्ला अस्पताल खोटाङका चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहले सेवाग्राही मारमा परेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहका कारण उपचारमा आउने बिरामीलाई चिकित्सकले बेवास्ता गर्दा उपचारमा आउने सेवाग्राही मारमा परेका हुन् । भर्ना भएर उपचार गराइरहेका बिरामीलाई समेत चिकित्सकले समयमा उपचार नगर्ने गरेको बिरामीका आफन्त खाल्लेका नेत्र कटवालले बताउनुभयो ।

अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीका लागि बिहान बेलुका काममा खटिएका चिकित्सकले समेत झर्कदै उपचार गर्ने गरेको स्रोतको भनाइ छ । “उपचारमा आएका बिरामी छट्पटी रहेका हुन्छन्”– स्रोतले भन्यो, “काममा खटिने चिकित्सकले उल्टै हप्काएर हेर्दै नहेरी हिँड्छन् ।”

अस्पतालमा कार्यरत चिकित्सकले काम गरेको अतिरिक्त समयको भत्ता मागेपछि सुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार विवादकै कारण जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक डा. रामबहादुर केसी आफू बस्दै आएको क्वाटर छाडेर अन्यत्र सर्नुभएको छ ।

यसअघि अस्पतालमा एक जना मात्र चिकित्सक हुँदा अतिरिक्त समय काम गरेबापत अस्पतालले भत्ता दिने गरेको थियो । सोही विषयलाई लिएर अहिले दरबन्दी पूरा भएको समयमा पनि चिकित्सकले काम गरेको अतिरिक्त समयको भत्ता मागेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर