Aamsanchar

रमाइलो बस्तीमा पुराण

Author Image
शुक्रवार, भदौ १७, २०७३

puran

अर्जुनधारा ।
राष्ट्र शान्ति र पितृमोक्षको कामनासहित झापाको शनिअर्जुन–२ रमाइलो बस्तीमा शुक्रबार बाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
स्थानीय दुर्गा पाञ्चायन मन्दिर परिसरमा सञ्चालन हुने सो महायज्ञका विषयमा आयोजक महायज्ञ पुराण मूल समारोह समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
समितिका अध्यक्ष पण्डित जगदीश पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महायज्ञको लक्ष्य मन्दिरलाई आवश्यक थप जग्गा जुटाउनु तथा सामुदायिक भवन निर्माण रहेको बताइएको छ ।
पण्डित वाल विभूति कौशिक महाराज प्रमुख वाचक र नेत्र नेपाल उपवाचक रहने महायज्ञमा भजन गायक राजु अधिकारीको साथमा दैनिक संगीतमय भजनलगायत कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरी अनुमानित दुई लाख रुपैयाा खर्च हुने महायज्ञबाट पााच लाख रुपैयाा आम्दानी गर्ने समितिको लक्ष्य रहेको अर्थ संकलन उपसमितिका संयोजक तुलसीप्रसाद खतिवडाले जानकारी गराए ।
कार्यक्रममा दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष यशोदा निरौला, जग्गादाताद्वय रुद्रप्रसाद लामिछाने र देउमाया लामिछाने, महायज्ञ व्यवस्थापन समिति संयोजक श्रीप्रसाद कटुवाल, स्वागत समिति संयोजक गोपाल बुढाथोकीलगायतको आतिथ्य रहेको थियो ।
मन्दिरका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेलले मन्दिरको पृष्ठभूमिबारे जानकारी गराएको कार्यक्रममा स्वागत सञ्चार समिति संयोजक दिपीन राईले गरेका थिए । कार्यक्रमको सञ्चालन राजकुमार गौतमले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर