Aamsanchar

होटलमा रहस्यमय मृत्यु

Author Image
शुक्रवार, भदौ १७, २०७३

खजुरा:

death

बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका–११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर–१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको प्रहरीले जनाएको छ।

उनीहरु होटलको २०३ र २०४ नम्बरको कोठा बुक गरेर बसेका थिए। २०४ नम्बर कोठामा बास बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनीहरु बसेको कोठामा मदिरा तथा धुम्रपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र ईश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर