Aamsanchar

बजार अनुगमन गर्न माग

Author Image
शुक्रवार, भदौ १७, २०७३

पाँचथर ।  

Market-Monitoring-Palpa

जिल्लाका उपभोक्ताले बजार अनुगमनको माग गरेका छन् ।

अनुगमन नभएको ६ महिनाभन्दा बढी समय नाघेको भन्दै उनीहरुले सो माग गरेका हुन् । चाडपर्वको मौकामा व्यापारीले आफूखुसी मूल्य राखी बिक्री वितरण गर्ने गरेका उपभोक्ताको गुनासो छ । स्थानीयवासीले महँगीले ढाडसेकेको भन्दै प्रभावकारी ढङ्गबाट बजार अनुगमन गर्न माग गरेका छन् ।

अहिले तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । बजेट भाषण हुनुअघि प्रतिकिलो रु ४० मा बिक्री हुँदै आएको आलुको मूल्य प्रतिकिलो रु ७० पुगेको छ । फिदिम– १ आहालगैरीका रुपा दाहाल कर्मचारीको तलव वृद्धि भएर तरकारीको भाउमा वृद्धि भएको बताउनुहुन्छ ।

व्यापारीले आफूखुसी मूल्य राख्ने र पसलमा मूल्यसूची नराख्दा उपभोक्ता मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले वर्षदिनमा एक पटक मात्र अनुगमन गर्ने गरेको स्थानीय देवी न्यौपानेको आरोप छ । पहिल्यै अनुगमनको सूचना पाएर म्याद गुज्रिएका अखाद्य सामान व्यापारीले लुकाउने गरेका सर्वसाधरणको गुनासो छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले चाँडै नै बजार अनुगमन गर्ने बताउनुभयो । सीमित स्रोत साधनका कारण नियमित रुपमा अनुगमन गर्न नसकिएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर