Aamsanchar

प्रतिष्ठानद्वारा तीजको फरक प्रस्तुति

Author Image
शुक्रवार, भदौ १७, २०७३

सागर गौतम,

खुदुनाबारी, teej-ko-foto

इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङले आफ्नो स्थापना वर्षकै पहिलो कार्यक्रमका रुपमा सामुहिक तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वर्ष २०७३ को हरितालिका पर्वको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ८, मितेरी मार्ग, आदर्शटोलस्थित प्रतिष्ठान अध्यक्ष कमला दाहाल बास्कोटाको निवासस्थलमा भाद्र १४ गते सम्पन्न कार्यक्रममा सयभन्दा बढी संख्यामा उपस्थित दिदीबहिनीहरुले मनोरञ्जन गरेका थिए ।
बृद्ध आमाहरु मनमाया कोइराला, बिष्णुमाया काफ्ले, चन्द्रकला पोखरेल, राधिका खोकरेल, दमन्ता प्रसाई, इन्द्रमाया बास्कोटा, उमा कोइरालाद्वारा संगीनी समुह गायनसँगै तीजको प्राचीन तथा मौलिक प्रस्तुति सहित अघि बढेको साँस्कृतिक समागमनको यस कार्यक्रममा सहभागी सम्पूर्ण दिदीबहिनीहरुले तीजसम्बन्धी अवधारणा आदान–प्रदान, आमा दिदीबहिनीहरुका बीच म्युजिकल चेयर खेलको रचनात्मकता र लोकसंस्कृतिमा आधारित गीतहरुमा आनन्द लिएका थिए ।
मध्यान्ह आरम्भसँगै सुरुभएको यो भिन्न प्रकृतिको कार्यक्रममा बास्कोटा परिवारसम्बद्ध दिदीबहिनीहरु, आफ्नाआफन्तजन, दीर्घायू हरि कीर्तन समुह पथरीशनिश्चरे वडा नं. ४ र स्थानीय दिदीबहिनीहरुको उल्लेख्य उत्साहबर्धक सहभागिता रहेको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे वडा नं. ४ बाट उर्मिला थापा, शान्ता निरौला, रञ्जीता बराल, गीता दाहाल, बिमला नेपाली, सलकपुरबाट बिष्णुमाया रिजाल, दमकबाट हरिमाया घिमिरे, लक्ष्मीपुरबाट उमा लुइटेल, मेनुका उप्रेती, सुरुङ्गाबाट यमुना गौतम र उमा ढकाल, स्थानीय सिर्जना राइको बिशेष भूमिका रहेको थियो ।
मोरङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद माननीय चण्डीप्रसाद राई, नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भोला अधिकारी, नमुना महिला उद्यमी एवम् व्यवसायी यमुना बिष्ठ बास्तोला, स्थानीय समाजसेवी बिन्दु राई र हरिबहादुर सुवेदीको उपस्थिति उल्लेख्य रहेको थियो ।
जीवित आमा इन्द्रमाया वर्ष ६३ र बुबा कमलप्रसाद बास्कोटा वर्ष ७० को नाममा गठित यस प्रतिष्ठानले समाजमा टुट्दै गएको पारिवारिक संरचना, एक्लिँदै गएको बृद्धबृद्धाहरुको जीवन, सामाजिक तथा आर्थिक विभेदका कारण पिछडिएको व्यक्ति वा समुहलाई पत्यक्ष–परोक्ष रुपमा सहयोग पु¥याउने उद्देश्य रहेको बुझिएको छ ।
मृत्युपछिका तड्किला, भड्किला र संस्कृतिका नाममा अपनाइने भद्दाशैली एवम् आचारणका कामहरुलाई व्यवहारबाट न्युनिकरण गर्दै लैजाने र समाजमा एउटा सन्देश प्रवाह गर्ने र बुबा आमा जीवन्त रहँदाकै कालमा उहाँहरुको नाममा, सम्मानमा र दीर्घकालीन सम्झनामा सामाजिक सिर्जनशीलताले निखारिएका कामहरु गर्ने उद्देश्य रहेको छ ।
संस्थाको वैधानिक क्रियाशिलतालाई सहयोग पु¥याउन भारतीय राजदूताबास, काठमाण्डौंले आफ्नो ७० औं स्वतन्त्रता दिवस– १५ अगस्तको अवसरमा एउटा वातानुकूलित एम्बुलैन्स प्रदान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर