Aamsanchar

हिमाल साउथएशियन पत्रिका यसरी भयो बन्द

Author Image
शनिवार, भदौ १८, २०७३

himal sauth aciyan

[अजयबाबु शिवाकोटी]

दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण पत्रिका बन्द हुन पुगेको बताएको छ। ट्रष्टले दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको गम्भिर आरोप लगाइएको छ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायतीको रुपमा अगाडी आएको तथा संविधानले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभुमति गरेको अवस्थामा विभिन्न वहानामा स्वतन्त्र सञ्चार माध्यमलाई कर्मचारीतन्त्रको प्रयोग गरि बन्द गराइने अवस्थामा पुगेको अनुभुति पत्रिकाका प्रकाशक र सम्पादकीय समुहलाई हुनु अत्यन्तै दुखलाग्दो कुरा हो। खुला समाजलाई वढावा दिनुपर्नेमा संगठित रुपमा त्यसप्रति सरकार र सरकारी संयन्त्रमा रहनेहरु निरन्तर उदासीन हुँदै जानु लोकतन्त्रप्रतिकै खतराको संकेतको रुपमा हामीले लिएका छौ।

नेपाल प्रेस युनियन स्वतन्त्र प्रेसको पक्षमा छ र राज्यका तर्फबाट पनि स्वतन्त्र प्रेसलाई फस्टाउने वातावरण बनाइनुपर्छ भन्नेमा विश्वास राख्दछ। साथै देशको कानुनको पालना गर्दै पत्रकारीता गरिरहेका स्वतन्त्र सञ्चारमाध्यमलाई कुनै पनि वहानामा अंकुश लगाइनु हुन्न भन्नेमा पनि आफ्नो स्पष्ट धारणा राख्दै हिमाल साउथएशियन पत्रिका पूर्ववत रुपमा सञ्चालन हुने वातावरणका लागि सरकारसँग आग्रह गर्दछ।

[शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव हुन् । युनियनका तर्फबाट उनले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण]

कसरी बन्द भयो त ?

काठमाडाैं ।

दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथ एशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको छ । प्रकाशक संस्था ‘द साउथएशिया ट्रष्ट’ ले विज्ञप्ति जारी गरी यस्ताे जानकारी गराएकाे हाे ।

नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण ट्रष्टको कार्यकारी समितिको ६ भदौको बैठकले यस्ताे  निर्णय लिएको जनाएकाे छ ।

दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई प्रशासनका विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियनलाई बन्द गराइएको विज्ञप्तिमा उल्लेख छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायती भएता पनि गत २० वर्षको राजनीतिक अन्योलमाझ राजनीतिक नेतृत्व ‘खुला समाज’ प्रति निरन्तर उदासीन हुँदै गएकोले प्रेस स्वतन्त्रता कुण्ठित भएको विज्ञप्तिमा उल्लेख छ ।
धेरै हदसम्म दातृ संस्थाका अनुदानमा भरपर्ने प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ले विद्यमान नियम, कानून अन्तर्गत रही आफ्नो क्रियाकलापहरु गर्दै आए पनि  विभिन्न नियमन निकायका पदाधिकारीहरुले ट्रष्टको क्रियाकलापमा कुनै समस्या नरहेको तर ‘माथिको दबाव’ का कारण आफू निरीह भएको भन्दै आएकाे पनि उल्लेख छ ।

७ महिनाभन्दा अघिदेखि प्रयास भए पनि दातृ निकायबाट हिमाल साउथएशियनका लागि स्वीकृत अनुदान प्रयोग गर्न ट्रष्टलाई स्वीकृति नदिइएको उल्लेख छ । अन्तर्राष्ट्रिय पत्रिका हिमाल साउथएशियनमा काम गर्न गैर–नेपाली पत्रकारहरुलाई श्रम स्वीकृति प्राप्त हुन छाडेको,  मुलुक बाहिरका लेखक/स्तम्भकारहरुको पारिश्रमिक पठाउन अस्वभाविक ढिलाइ हुन थालेपछि पनि सम्पादकीय र प्रशासनिक टिमले यी र अन्य चुनौतीबीच पत्रिका प्रकाशन निरन्तर गर्न कोशिश गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
निरन्तर २९ वर्ष प्रकाशित हिमाल साउथएशियन बन्द गर्ने निर्णय लामो मन्थन र सोच पुर्‍याएर गरिएको पनि प्रकाशक संस्थाले जनाएकाे छ ।  २०७१ वैशाखमा हिमाल साउथएशियन माथि व्यवस्थापिका संसदमा दोषारोपण हुँदा र गत एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदै गर्दा पनि पत्रिका प्रकाशनमा आँच आउन नदिइएको भए पनि  स्थितिलाई सम्हाल्न सकिनेभन्दा बाहिर पुर्‍याइएपछि पत्रिका स्थगनको निर्णय लिइएको जनाइएकाे छ । द साउथएशिया ट्रष्टको कार्यकारी समितिको तर्फबाट शमिक मिश्रले विज्ञप्ति जारी गरी यस्ताे जानकारी गराएका हुन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर