Aamsanchar

बाबुआमाले छाडेका दिदीभाइको उद्धार

Author Image
शनिवार, भदौ १८, २०७३

uddar

रत्ननगर (चितवन)।

आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ ।

सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो ।

यसरी आश्रय पाउनेमा आठ वर्षकी सङ्गीता र सात वर्षका लोकज्ञान गोले रहेका छन् । उनीहरु कक्षा ४ र २ मा अध्ययनरत छन् । अमेरिकाको ‘नेपाल जर्नी’ नामक संस्थाले आवासीय सुविधासहितको शिक्षाका लागि सहयोग गरेपछि बालबालिकाको उद्धार गरी स्कुलको छात्रावासमा राखिएको हो ।

उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामग्री सहित वासका लागि दुईवटा सुविधायुक्त खाट संस्थाले नै दिएको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले बताउनुुभयो । संस्थाले हरेक महिना विद्यालयको खातामा विद्यार्थीका लागि आवश्यक मासिक रकम उपलब्ध गराउने गरी स्कुलसँग सम्झौता भएको खनालले जानकारी दिनुुभयो ।

जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक रामकृष्ण सिंखडाले अभिभावकविहीन बालबालिकाको उज्यालो भविष्यका लागि संस्थाले गरेको सहयोग महत्वपूूर्ण रहेको बताउनुुभयो ।

उनीहरुका बुबा कलु गोले वैदेशिक रोजगारीमा रहँदा गएको कात्तिकमा आमा सविना अर्कैसँग गएकी थिइन् । त्यसपछि गएको फागुनमा दोस्रो बिहे गरेका कलुलाई गत वैशाखमा उनले पनि छाडिन् ।

श्रीमतीले छाडेपछि कलु अहिले घर छाडेर कहाँ गएका छन् कसैलाई पत्तो छैन । घरमा बोल्न र सुन्न नसक्ने बालबालिकाका हजुरआमा मात्रै भएकाले उनीहरुको रेखदेख छिमेकीले गर्दै आएका स्थानीय आशिष तामाङले बताउनुभयो ।

उनीहरुलाई छिमेकी टोपमायाँ गैरेको परिवारले संरक्षण दिँदै आएकोमा अहिले उद्धार गरी शुक्रबारदेखि विद्यालयमा आवासीय रुपमा राख्न थालिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर