Aamsanchar

सुनसरी खोलामा डुबेर दुईजना बेपत्ता

Author Image
आइतवार, भदौ १९, २०७३

khola
सुनसरी ।

सुनसरी खोलामा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

डुबेर बेपत्ता हुनेमा सुनसरी नरसिंह–१ बस्ने मिश्रलाल मण्डलको ८ वर्षीय छोरा मनित मण्डल र ६ वर्षीया छोरी बबिता मण्डल रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । बेपत्ताको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर