Aamsanchar

महिला हिंसा बढेको प्रति चिन्ता

Author Image
आइतवार, भदौ १९, २०७३

झापा ।

14164135_544636219053533_1742786717_o (1)

जिल्ला प्रहरी कार्यालय झापा र क्षितिज नाट्य समूह झापाको सहकार्यमा चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध चेतना मुलक कार्यक्रम झापाको भद्रपुरमा सम्पन्न भएको छ ।

महिला हिंसाको अत्य गर्दै चेलीबेटी बेचविखनलाई निरुत्साहित गर्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेष थापाको अ्ध्यक्षता तथा  प्रमुख जिल्ला अधिकारी मदन भूजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्गबहादुर खत्री, चेतना नेपाल झापाका अध्यक्ष इन्द्रप्रसाद ओली लगायतले बोलेका थिए ।

सो अवसरमा क्षितिज नाट्य समूहका निर्देशक माधव कल्पितको लेखन निर्देशनमा आधारित नाटकमा नाट्य समूहका कलाकारहरु माधवप्रसाद सिटौला, मुना प्रसाई, शिला उप्रेती, मधु खनाल, शिला राई लगायतले अभिनय गरेका थिए भने रेडियो विराटका प्रविधिक एवं गायक निरज पोख्रेलले विभिन्नहरु गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला तथा भारतीय सिमा क्षेत्रमा हिंसा, यौन ब्यवसाय र मानव बेचबिखनका घटनाहरु तिब्र रुपले बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर