Aamsanchar

तीज मिलन कार्यक्रम सम्पन्न

Author Image
आइतवार, भदौ १९, २०७३

शान्तिनगर,

Teej-Geet-dance-57ca73875cbb83.60561548
झापाको शान्तिनगर १ बर्नेमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । आज किरातेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सन्देश मुलक “महिलाको अस्मिता” शीर्षकको नाटक प्रस्तुत गरिएको थियोे ।
समाजमा छोरा र छोरी बिचको बिभेद लाई चित्रण गरिएको उक्त नाटकमा महिला माथी हुने सामाजिक,लैङ्गिक बिभेद अन्त्य गर्न नाटकले सन्देश दिएको थियो । मुनामदन एकाडेम बर्नेका प्रिन्सिपल चेतन ढुङ्गेलको लेखन तथा राज लावतीले निर्देशन गरेका थिए । उक्त नाटकमा लालीगुरास आमा समुहका सदस्यहरुले अभिनय गरेका थिए ।

लालीगुरास आमा समुहको आयोजना रहेको उक्त कार्यक्रममा बिभिन्न गीत, कबिता र नृत्य प्रस्तुत गरिएको थियो । समुहका अध्यक्ष बेदकुमारी शेर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी कन्चनजंगा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी रहेका थिए ।

समुहका सदस्य गोमा अधिकारीले स्वागत गरेको कार्यक्रममा शान्तिनगर महिला संजालकी अध्यक्ष चन्द्रकला भट्टराई, प्रमुख अतिथी भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन समुहका सचिब गी ढुङ्गानाले गरेकी थिईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर