[पार्थ मण्डल]
भद्रपुर ।
नेपालको सुस्त विकास निर्माण त्यसमाथि ठेकेदार कम्पनीको चरण लापरवाहीले झापाको सदरमुकाम भद्रपुर–हल्दिबारी जोड्ने देउनिया खोलामा समयमा पुल नबन्दा स्थानीय जनता जोखिम पूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।
भद्रपुर, हल्दिबारी सहित छिमेकी गाविसका जनताको मागलाई सम्बोधन गर्दै नेपाल सरकारले २०६८ सालमा सडक विभाग मार्फत भद्रपुर नगरपालिका १५ र हल्दिवारी गाविस १ को बिच सिमानामा पर्नेे देउनिया खोलामा पुल निर्माणका लागि बजेट निकासा गरेका थिए । ०६८ साल असार २२ गते विशाल एण्ड विराट/अजम्बरी शिवराम कन्ट्रक्सन जेभी कम्पनी दोलखाले खोलामा पुल बनाउने ठेक्का लिएको पााच बर्ष बितिसक्दा लाग्दा समेत सम्बन्धी निकायले चासो नदेखाउदा यसको प्रत्यक्ष मार यहाका हजारौ स्थानीयमा परेको छ । पुल निर्माण कार्य ढिलासुस्तीको मुख्य दोषी ठेकुदार कम्पनी सहित स्थानीय प्रशासन, सडक डिभीजनका कर्मचारी भएको स्थानीय निरकुमार गिरीले आक्रोस पोखेका छन ।
खोलामा समयमा पुल नबन्दा अहिले बर्खामा सदरमुकामको सरकारी कार्यालयहरुमा बिशेष काम लिएर जाने स्थानीय खोला तैरिदा जोखिम पूर्ण यात्रा गरिरहेको उनले बताए ।
स्थानीयको सेवा सुविधालाई मध्यनजर गर्दै हल्दिवारी गाविसले ४० हजार खर्चिएर प्यालिष्टकको ९ वटा ड्रममा बास र प्लाई राखेर एउटा अस्थायी फेरी अर्थात डुगा बनाएको छ । सो फेरीलाई दुई वटा डोरीको सहयताले स्थानीय युवाहरुले तानेर सञ्चालन गरिरहेका छन् । दैनिक सयौ मानिस सहित मोटरसाइकल, साइकल, सरसामान सोही फेरी मार्फत तारिदै आएको छ । फेरी तारिए बापत हल्दिवारी गाविसको आदेशमा युवाहरुले एक पटकको व्यक्तिबाट १०, साइकलबाट २० र मोटरसाइकलबाट ५० रुपैया रकम असुल्दै आएको छ । युवाहरुले दिनहु रकम असुलेपनि यसको हिसाबकिताबको लेखाजोखा कसैसंग छैन ।
युवाहरुले फेरीको क्षमता भन्दा बढी यात्रु, मोटसाइकल, साइकल हाल्दा यात्रा एकदमै जोखिम पूर्ण रहेको छ । हिउदोमा पानी माथिबाटै हिडनु पर्ने र अहिले जोखिमपूर्ण यात्राले जनताको पिडा स्थानीय प्रशासनले नबुझेको स्थानीय कमल राईले बताए । पुलको समस्याले भद्रपुर बजारमा चहलपल पनि घटेको छ, सर्वसाधारण जनता बोर्डर छेऊको बजार छाडेर विर्तामोड पुग्नु पर्ने अवस्था सृजना भएकोले सरकारी पक्षले ध्यान नदिदाको परिकाष्ट हो यो राईले बताए ।
स्थानीय जनताले पटक पटक झापाका प्रशासनलाई पुल निर्माण गराउन दवाव दिएपछि प्रशासनले पत्र काटेर ठेकेदारलाई झिकाएको बुझिएको छ । बर्खा आउनु अघि ठेकेदार कम्पनीले निर्माण कार्यलाई निरन्तरता दिन खोजेका थिए । कम्पनीले पुलको एकतर्फी ढलाई गर्न खोजिएपनि मिटर तलमाथि भएको पाएपछि सडकका इन्जिनियरले काम रोक्न लगाए । काम रोकिएलगतै बर्खा आएपछि निर्माण कार्य अलपत्रमा पारेर ठेकेदार वेपत्ता भएको र गाविसले खोलामा फेरी सञ्चालनमा ल्याएको हल्दिबारी गाविस सचिव कुमुदचन्द्र झा बताए । उनले पुल नबन्दा गाविसले फेरीका लागि स्थानीय हरि ओलीको प्रस्वात स्वीकृति गरेका थियौ । सोही प्रस्ताव अनुसार गाविसले बजेट निकासा गरी फेरी बनाएको तर हाल सम्म गाविसमा यसको हिसाबकिताब नरहेको उनले स्वकारे । युवाहरुबाट केहीदिन अघि हरि ओलीले गाविसमा ५ हजार बुझाउने भनि लगेपनि हाल सम्म नबुझाएको झाले बताए ।
तीन वटा पिलर सहित ४० मिटर लम्बाई र ७ मिटर चौढाईमा निमार्ण हुने सो पुलका विशाल एण्ड विराट/अजम्बरी शिवराम कन्ट्रक्सन जेभी कम्पनीका ठेकेदार शिवराम सापकोटा र सुरेश भटटराईले सयुक्त रुपमा लिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । भ्याट सहित २ करोड १६ लाख १३ हजार १ सय ९८ रुपैयामा ठेक्का लिएको पुलको निर्माण अवधि दुई बर्षको हो । २०६८ असार २२ गते सम्झौता गरी २०७० असार २२ मा सम्पन्न गर्नु पर्ने हुन्थ्यो । तर सो कम्पनीले तोकिएको समय अवधि सकाएर हाल सम्म सडक डिभीजन दमकमा एक पटक र सडक विभागमा दुई पटक गरी तीन पटक सम्म म्याद थप गरिसकेको सडक डिभीजनका इन्जिनियर मदन सिहले बताए । पुलको अन्तिम म्याद २०७३ कार्तिक २३ गते सम्म रहेपनि हाल सम्म निर्माण कार्य ६५ प्रतिशत मात्र सम्पन्न भएको इन्जिनियर सिहले बताए । १ करोड १३ लाख ८५ हजार ९ सय रुपैया भुत्तानी लगेर पनि समयमा काम नसकेकोले सडकको नियमवाली अनुसार सो कम्पनीलाई २०७३ साउनदेखि कुल बजेटको ०.५ प्रतिशतको दरले प्रतिदिन जरिवाना काटदै आएको उनले बताए ।
दुई बर्षमा बन्ने पुल हाल सम्म नबन्दा राज्य पक्षकै कमजोरी रहेको देखिन्छ । सदरमुकाम जस्तो ठाउमा पुल नबन्दा अहिले फेरी मार्फत यहाका जनता दुखपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । त्यसैले यस तर्फ सम्बन्धी निकायले ध्यान दिई ठेकेदारलाई तत्काल झिकाएर पुल चाडो भन्दा चाडो बनाउन यहाका स्थानीयको जोडदार माग रहेको छ ।