Aamsanchar

यौन गतिविधि गर्ने ११ जना खाजाघरबाट पक्राउ

Author Image
सोमवार, भदौ २०, २०७३
फोटो इन्टरनेटबाट

फोटो इन्टरनेटबाट

काठमाडौँ ।

ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई  ग्वार्कोबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।

ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले  जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ ।

पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन् ।

हाल सातदोबाटो प्रहरीमा रहेका उनीहरुलाई सोमबार यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)